समाचार

    भारतबाट अवैध रुपमा ल्याउँदै गरेको भैंसी र पाडा नियन्त्रणमा

    नवलपुर टुडे
    २०७९ माघ ९ | मध्यान्ह ०६:१० बजे

      नवलपरासी, माघ ९ । प्रहरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ३ गिदहा र – ४ दरखासेबाट अवैध रूपमा ल्याउँदै गरेको भैंसी र पाडा नियन्त्रणमा लिएको छ ।

      सोमबार दिउँसो करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय नवलपरासी, ईलाका प्रहरी कार्यालय सेमरी र बिओपी भुजहवा नवलपरासीबाट खटिएको सयुक्त टोलीले भन्सार छली भारतबाट नेपालतर्फ पैदल डोर्‍याउँदै ल्याइरहेको अवस्थामा २ वटा भैंसी र ४ वटा पाडा नियन्त्रणमा लिएको हो ।

      प्रहरीले टोलीलाई देखेर मान्छे भने सोही स्थानमा भैंसी र पाडा छाडी फरार भएको प्रहरीले जनाएको छ । भैसीको अन्दाजी मुल्य रु. १,६०,००० र पाडाको अन्दाजी मुल्य रु.२,००,००० गरी जम्मा अन्दाजी मुल्य रु.३,६०,००० बराबर रहेको छ ।

      नियन्त्रणमा लिएको भैंसी र पाडालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पाठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु