देश

    तनहुँमा प्रधानाध्यापकको कुटाइबाट एक छात्रा गम्भीर घाइते

    नवलपुर टुडे
    २०७९ माघ ९ | मध्यान्ह ०४:१० बजे

      तनहुँ, माघ ९ । तनहुँमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते भएकी छिन् । घिरिङ गाउँपालिका–३, सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाको कुटपिटबाट कक्षा १० मा अध्यनरत १५ वर्षीया लिला आले घाइते भएकी हुन् ।

      एसईईको तयारीमा रहेका लिलालाई प्रधानाध्यापक थापाले काठको लठ्ठीले प्रहार गरेका हुन् । घाइते भएकी लिलाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरा झरौटामा उपचार भइरहेको छ । उनको पिठ्युमा लठ्ठीको डाम बसेको छ । लठ्ठी प्रहारबाट देब्रे खुट्टा टेक्न नसक्ने तथा बस्न समेत नसक्ने भएकी आलेलाई एम्बुलेन्समा राखेर सोमबार बिहान अस्पताल पुर्‍याइएको थियो । 

      घटना आइतबार भएको हो । बिहानै अभिभावक विद्यालय पुगेपछि प्रधानाध्यापक थापाले नै समन्वय गरी एम्बुलेन्समा हालेर लिलालाई उपचारका लागि अस्पताल पठाएका थिए । उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत ४२ जना विद्यार्थीमध्ये ६/७ जनाबाहेक सबैले कुटाइ खाएको विद्यार्थीहरूले बताएका छन् । 

      घाइते लिलाका अनुसार कक्षागत मूल्यांकनमा आफूले भनेजति प्राप्तांक नल्याएको भन्दै प्रधानाध्यापक थापाले १३/१४ पटकसम्म लठ्ठीले हानेका थिए । 

        कमेन्टहरु