पश्चिम नवलपरासीका जेष्ठ नागरिकलाई चौधरी फाउण्डेशनले गरायो शाश्वतधाम भ्रमण


यज्ञराज पाण्डेय
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का जेष्ठ नागरिकहरूलाई नवलपुरस्थित सिजी परिसर नजिकै रहेको शाश्वतघामको भ्रमण तथा दर्शन गराउने कार्य शुरू भएको छ।
बर्षेनी लाखौं पर्यटकले दर्शन गर्ने गरेको शाश्वतघाम दर्शनको लागी देश विदेशबाट दर्शनार्थीहरू यहाँ आउने गर्दछन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका समाजसेवी तथा व्यबसायी विनोद चौधरीद्वारा निर्मित शाश्वतघाममा उनी निर्वाचित भएको निर्बाचन क्षेत्रका जेष्ठ नागरिकलाई सम्मान स्वरूप चौधरी फाण्डेशनको सहयोगमा निशुल्क भ्रमण गराईएको फाउण्डेशनका जनरल मेनेजर मेरिना रंजितले बताइन् ।

“फाउण्डीहनले देशै भरी विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको छ । यसै अन्तर्गत समाज र देशले नै शीर्ष महत्व दिनु पर्ने जेष्ठ नागरिकहरूको सम्मान स्वरूप यो कार्य गरिएको उनले बताईन । यस कार्यमा सहजिकरण गरिरहेका सांसद चौधरीका राजनीतिक सहयोगी सुस्ताकी विमला उपाध्याय र प्रतापपुरका सरोज थापाले” हरेक हप्ता सोमवारका दिन पारेर वडा कार्यालयद्वारा भ्रमणको लागी दिईएको नाम लिस्ट अनुसार जेष्ठहरुलाई दर्शन गराउने गरिएको जानकारी दिइन् ।
आइतबारबाट शुरू भएको कार्यक्रम प्रतापपुर गाउँपालिका – १ वडाबाट शुरू भएको र क्रमश क्षेत्रको सबै वडाका जेष्ठ नागरिकहरूलाई पालै पालो दर्शन गराईने पनि उनले जानकारी दिइन् ।

शाश्वतघाम नवलपुर जिल्लाको देवचुली नगरपालिकामा पर्ने दुम्कौलीमा अवस्थित रहेको छ । यो मन्दिर दर्शनार्थीहरूको हिसावले देशकै प्रमुख मन्दिर पनि हो । यस मन्दिर देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामसँगै रहेको छ, भने पछिल्लो केही वर्षदेखि यो धाम नवलपुर आउने हरेकको गन्तव्यको प्रमुख स्थल बन्ने गरेको छ । श्री काञ्ची शंकरा सदाशिव लिङ्गम्को नामले स्थापना गरिएको यस मन्दिरको निर्माण अति महोमोहक तरिकाले गरिएको छ ।
विशेषत बेलुकाको समयमा हेर्दा आनन्द र मन्दिरको सुन्दरता देख्न सकिन्छ । विभिन्न रङ्गका बत्तिले मन्दिरलाई थप आकर्षक बनाउने यस मन्दिरमा एक स्थान हेर्दा फरक रङ्ग अर्को स्थानबाट हेदा अर्कै रङ्ग देखिने गर्दछ ।





