देश

    दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    नवलपुर टुडे
    २०७९ माघ ९ | बिहान १०:१० बजे

      बुटवल, माघ ९ । दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका – १३ दारेबोट चोकमा गएराति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । 

      मृत्यु हुनेमा घोराही उपमहानगरपालिका – १० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

      रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो । एम्बुलेन्स सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु