सरावलको बण्डामा २ लाख बराबरको अबैध खसीबोका नियन्त्रणमा


नवलपरासी, माघ ९ । पश्चिम नवलपरासी प्रहरीले अबैध पशु चौपाया नियन्त्रणमा लिईएको छ । सरावल गाउँपालिका – ६ बण्डास्थित अबैध रुपमा भारतबाट भन्सार छली नेपाल तर्फ पैदल डोर्याउदै ल्याउदै गरेको अबस्थामा राति २ बजे नियन्त्रणमा लिईएको हो । खसी ल्याउने ब्यक्ति भने फरार रहेको छ ।
नियन्त्रणमा लिएको अबैध पशु चौपाया ११ गोटा खसी जम्मा अन्दाजी मूल्य २ लाख बराबरको रहेको छ । प्रहरी चौकी भुजहवाबाट प्रनानि मोहन केसीको कमाण्डमा र बिओपी भुजहवाबाट स.प्र.नि. हरिराम श्रेष्ठको कमाण्डको संयुक्त गस्ती टोलीले नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।
नियन्त्रणमा लिईएको खसी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको बताए । पशु चौपाय अवैधरुपमा कसले ल्याएको हो भन्ने बिषयमासमेत आवश्यक अनुसन्धान भैरहेको पाण्डेयले बताए ।





