गृहिणीलाई व्यावसायिक र आत्मनिर्भर बनाउने डल र कुशन तालिम


कपिलवस्तु, माघ ८ । गृहिणीहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – ९ शिसवामा १० दिने आधारभूत डल तथा कुसन बनाउने तालिम सञ्चालन गरिएको छ ।
डायनामिक सामाजिक बिकास संस्था, कपिलवस्तु नगरपालिका – १२, को आयोजना तथा महाराजगञ्ज नगरपालिका ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आज आइतबारदेखि १७ गते सम्म तालिम सञ्चालन गर्ने जनाईएको छ ।
तालिममा २५ जना सहभागी छन् । तालिम उद्घाटनमा महाराजगञ्ज नगरपालिका वडा नं ९ का वडाअध्यक्ष फारिद अहमद मुसलमानले गृहिणी दिदी बहिनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम अत्यन्तै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटनमा प्रमुख अतिथि रहनुभएका वडाअध्यक्षले यस किसिमका कार्यक्रमले सकारात्मक सोचको अभिवृद्धि हुनुका साथै स्वावलम्वन र आत्मनिर्भर बनाउन सघाउ पुग्ने बताउनु भयो ।
त्यस्तै, डायनामिक सामाजिक बिकास संस्थाका अध्यक्ष मोहम्मद इरफान मनसुरीले सञ्चालित तालिम स्थानिय उत्पादनबाट स्वरोजगार बनाई आय आर्जन बढाई आर्थिक रुपमा मजबुत बनाई सहज जिवन यापनमा सहयोग पुग्ने उद्देश्यले सिपमुलक तालिम सिकाइएको महिलाहरुमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।





