सुर्खेतमा हाइस दुर्घटना : चार जनाको मृत्यु, एक घाइते


सुर्खेत । सुर्खेतमा हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएको छन् ।
आइतबार बिहान करिब २ बजे सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप हाइस रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर-११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका-५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका-३ का वर्ष ३६ काराजेन्द्र बीसी रहेका छन् ।
यस्तै दैलेखकै भैरवी गाउँपालिका-५ का वर्ष २६ का वीरेन्द्रराज शाही घाइते भएका छन् । उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई सडकबाट ७० मिटर तल खोलामा खसेको थियो ।





