देश

    प्रति ब्यक्ति दैनिक ७५ लिटर मेलम्चीकाे पानी

    नवलपुर टुडे
    २०७७ चैत्र १० | बिहान ०७:१२ बजे

      काठमाण्डाै । चैत्र १० मंगलबार, खानेपानी तथा सरसफाई मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रति व्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।

      यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको थियो । २०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ ।

      दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए ।

        कमेन्टहरु