देश

    दाङमा बालिका करणी आरोपमा वृद्ध पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ ७ | मध्यान्ह ०४:१० बजे

      बुटवल, माघ ७ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका – ९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङ रहेको छ । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

      वृद्धले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

      प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु