देश

    स्वर्गीय डा: सरीता थापाको एक परिचय

    नवलपुर टुडे
    २०७९ माघ ७ | मध्यान्ह १२:१० बजे

      काठमाडौ । आशिष् चर्च सामाखुशीकाे चम्किली तारा तथा नेपाल बाइबल कलेजकी संस्थापक स्वर्गीय डा: सरीता थापाकाे जन्म २०१९ साल चैत्र २५ गते ललितपुर – २५ छ्यासीकाेट सैँभुमा बुवा सीताराम गिरी र आमा माया गिरीकाे काेखबाट जन्मिएकी हुन् । बुवा सीतारामकाे सात सन्तानमध्ये उनी पाँचाै सन्तान थिईन भने तीन दाजुभाईसहित चार दिदी बहिनी हुनुहुन्थ्याे ।

      स्वर्गीय थापाकाे विवाह इस्वि सम्वत १९९० सालमा डा: सुन्दर थापासँग भएकाे थियाे भने उहाँकाे एक छाेरी र दुई छाेराहरु छन् । हाल काठमाडाै महानगरपालिका – ३ रानीबारीमा परिवारसहित बस्दै आएकी थिईन । थापा संसारकै दुर्लभ राेग ALS नामक राेगबाट गत दुई बर्षदेखि बिरामी थिइन् । भारतकाे भेलाेर अस्पताल, अमेरिकाकाे UCLA Hospital California मा समेत उपचार गराएर आएकी डा : थापा केही महिनादेखि श्रीमान डा : सुन्दर थापा, दुइ छाेराहरु र एक छाेरीसहित दुई नर्सकाे साथमा घरमै उपचारार्थ थिईन् ।

      चर्च सेवामा डा: सुन्दर थापा आफ्नै पारिवारिक बिषय बस्तुहरु समेटेर परिवारमा एकले अर्काकाे सारथी बन्नु, परिपारसँग समय बिताउनु जसका कारण माया र सम्बन्ध सुधार हुन्छ भनेर आमा दिदी बहिनि तथा दाजुभाइकाे माझमा पर्मेश्वरकाे बचनद्वारा सिकाउनु हुन्थ्याे । केही दिन अघि ललितपुरस्थित नेपाल मेडिसिटि अस्पतालमा उपचार गराएर घर फर्केकी स्वर्गीय सरिता थापालाई पुन: धापासीस्थित ग्रेण्डि अस्पताल लगिएकाे थियाे । तर, अन्तत उनलाई बचाउन सकिएन । गत सुक्रबार २०७९ साल पाैस ३० गत्ते साँझ ४:३० बजे संसारबाट बिदा भईन्।

      photo 2023 01 21 11 49 53

      विलक्षण प्रतिभाकी धनी डा: सरीता गिरी दिदी बिष्णुमायाकाे रेखदेखमा सानै उमेरदेखि पढ्नमा अब्बल थिइन् । ललितपुरकाे मदन स्मारक मेमोरियल माध्यमिक विद्यालयबाट अध्ययन सुरु गरेकी स्वर्गीय थापाले कक्षा तीन देखि एसएलसीसम्मकाे अध्ययन भने महेन्द्र भवन उच्च माध्यमिक विद्यालय ज्ञानेश्वरबाट गरेकी थिइन् । सानै उमेरबाट ख्रीष्टमा भने ज्ञानेस्वर चर्चका वरिष्ठ पाष्टर राेवर्ट कार्थक तथा डा : राजेन्द्र राेङ्गगाेङ्गकाे ठुलाे याेगदान थियाे।

      इन्जिनियर बन्ने ठुलाे चाहाना बाेकेकी थापा पर्मेश्वरकाे सेवा कार्य गर्न बाेलावट भएकाले आफ्नाे बाेलावटमा आज्ञाकारी भइ “नीर भवन नर्सिङ क्यम्पस (हालकाे ललितपुर नर्सिङ क्याम्पस) मा पढ्न थालिन् र त्यहीबाट स्टाफ नर्स गरेकी थिइन्। नर्सिङ पढाइमा सर्वाेत्कृष्ठ भए बापत तत्कालिन नेपालकी बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहकाे बाहुलीबाट ऐश्वर्य गाेल्ड मेडल पदकसमेत प्राप्त गरेकी थिइन्। त्यस पश्चात डा: थापाले (शान्त भवन अस्पताल) हालकाे पाटन अस्पतालमा केही बर्ष काम समेत गरेकी थिइन् । महेन्द्र भवन छात्रावासकाे Clinic मा नर्स रहेर सेवासमेत गरेकी रहेछिन्। साथै NBCBS मार्फत विद्यार्थीहरुलाई ख्रीष्टकाे बाटाेमा डोर्‍याउने र उत्साह देने कार्यमा सक्रिय भएर काम गरेकी थिइन्।

      सेवा कार्यकाे बाेलावटलाई ध्यानमा राखी इश्वरशास्त्रकाे अध्ययन गर्न १९८३ मा CATS seminary, seoul दक्षिण काेरिया गएर त्यहाँबाट M-Div गरि सन १९८६ सालमा नेपाल फर्किएकाे स्वर्गीय डा: थापाले नीर भवन ललितपुर क्याम्पसमा अध्यापनसमेत गरेकी थिइन्। यसै सिलसिलामा Nepal Bible College संचालन गर्ज १५ जना बिद्यार्थीलाई तालिम दिएकी थिइन् भने अन्तत: बाइबल कलेज खाेल्न सफलमात्र भइनन् कलेज खाेलेर पनि कलेजकाे प्रिन्सिपलकाे रुपमा काम सम्हालिन् । साे कलेजबाट हाल ५०० भन्दा बढि विद्यार्थीहरु दिक्षान्तित हुँदै स्थानीय चर्चहरुमा पर्मेश्वरकाे सेवामा सेवारत रहेका छन्।

      photo 2023 01 21 11 49 59

      स्वर्गीय डा: सरिता सन १९९१ मा Master’s of Theology (TH.M) गर्न ITS Seminary, California America मा भर्ना भइन् । जसबाट १९९२ मा दिक्षान्तर हुँदै नेपाल फर्किएर नेपालकाे चर्चहरुमा भएकाे अभाव कसरी पूरा गर्न सकिन्छ, नभएकाे स्थानहरुमा कसरी चर्चहरु स्थापना गर्न सकिन्छ, मण्डली तथा विश्वाशिहरुलाई कसरी आत्मनिर्भर बनाउने र आत्मिकरुपमा चर्चहरुलाई कसरी बलियाे बनाउन सकिन्छ भन्ने लक्ष्य तथा दर्शनबाेकी श्रीमान सुन्दर थापा सँगै विभिन्न चर्चहरुमा तालिम दिनमा तल्लिन भइन्।

      २०१० मा भारतकाे Throne of Grace Theological seminary and Ministry बाट Ph.D गरिन्,। तत् पश्चात् भने नेपालमै बसेर अनवरत रुपले सेवाकाे काममा लागिइनै रहिन्। सेवाकै दाैरानमा  Dr:Philip Eyster, Rev, Dr:Joe Handley, Dr: jim Haward,Ralph Moore, jim Millard, Noel Bacchetti, Mary Joi wilson, Gary Barnes, Gerorge wilspn लगायत धेरै प्रभुका जनहुकाे साथ, समर्थन, सहयाेग प्राप्त गरेकी थिइन्।

      सानै उमेरदेखि किताब पढ्ने, लेख्ने साथै परिवार, साथिभाइहरुकाे फिक्री र प्रेम गर्ने मिलनसार र खाँचाे परेका मानिसहरुलाई सहयाेग गर्न मन पराउने थापा चर्चमा दिदि बहिनिहरुलाई उत्साह, सल्लाह राेगीलाई राेगी बिरामीहरुकाे घर घर पुगेर प्रार्थनासहित उत्साह थपि दिने गर्थिन्। बाइबल कलेजमा पढाउने, सेमिनारहरु आयाेजना गरी सिकाउने, मण्डलीका याेजनाहरु बनाउने कार्यमा ब्यस्त रहने स्वर्गीय डा : थापा नेपाल, भारत, भुठान, मलेसिया, थाइल्याण्ड, सिंगापुर, काेरिया, जापान, म्यानमार, श्रीलंका, बंगालादेश, हाेल्याण्ड, अमेरिका तथा क्यानडासम्म पुगेर बाइबलबाट सिक्ने र सिकाउँदै जागृति कार्यक्रम गर्ने कार्यहरुमा सरिक थिइन् ।

      photo 2023 01 21 11 50 15

      मण्डलीमा भएका दान बरदान चलाउनु पर्छ र पवित्र आत्माकाे भरिपुरिमा पर्मेश्वरकाे राज्यबिस्ता सँगै उहाँकाे महिमाकाे काममा अग्रसर हुनु पर्नेमा जाेड दिई रहन्थिन्। मण्डलीमा बालबालिका, टिनएजर, यूथ, दाजुभाई, दिदिबहिनिहरुलाई सँधै प्रभुकाे डरमा हिड्नु पर्छ भनी सम्झाउने साथै प्रभुकाे सेवा गर्ने आफ्नाे बाेलावट र मिनिष्ट्रिकाे कामलाई टेवा दिन आफ्नाे व्यवसायलाई सही सन्तुलनमा राखेर सँगै लैजानु पर्ने सल्लाह श्रीमान सुन्दर थापालाई सल्लाह दिने गर्थिन्। हरेकले आफ्नाे घरलाई “प्रार्थनाकाे वेदी” र पर्मेश्वरलाई पहिलाे स्थान दिनु पर्छ भनी निरन्तर जाेड दिने डा : थापा नेपालकाे कुना काप्चामा रहेकाे मण्डलीहरुका अगुवा तथा विश्वासीहरुलाई बाइबलबाट सिकाउनुका साथै उत्साह दिनका लागि बक्ताकाे रुपमा आफुले हुर्काएकाे छाेरी चेलाहरुसँगै लिएर पुग्थिन्।

      स्वर्गीय डा: थापा सन १९८६ देखिनै आशिष् चर्च सामाखुसीका पास्टरिय टिमकाे सदस्य थिइन् । मण्डलीहरुलाई हुर्काउन, बलियाे बनाउन र वृद्धि गर्नका लागि इ.सि.एफ.नेपाल CYMA Nepal, हस्पिटल ख्रीष्टियन फेलाेसिप, लिडिया प्रार्थना संगतीका संस्थापक पनि थिइन् । पवित्र धर्म शास्त्र बाइबल लुका : १० काे २७ ले भने झैँ “लूका “ तैंले परमप्रभु, आफ्‍ना पर्मेश्वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले, आफ्‍नो सारा मनले प्रेम गर्‌, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।” भनेकाे छ। यहि पदलाई मध्यनजर गर्दै सेवा कार्यमा श्रीमान सुन्दर थापा सँगैहिड्न मन पराउने डा : थापा नेपालकाे अधिकांश जिल्लाहरुमा गई प्रभुकाे सेवक सेवीकाहरुलाई सिकाउने, सल्लाह दिने, प्रार्थना गर्ने काम निरन्तर गरी रहन्थिन्।

      photo 2023 01 21 11 50 20

      स्वर्गीय डा: थापा मानवअधिकार, महिला तथा बालबालिका अधिकार सँग संबन्धित थुप्रै संघ संस्थाहरु संबन्धित भइ आफ्नाे याेगदान दिएकी थिइन् । साथै Asian Access नेपालका Director, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका सह-अध्यक्ष Nepali Women Forumका उपाध्यक्ष NCS नेपालका सल्लाहाकार UMN,TEACH Ministry र ATTENका बाेर्ड सदस्यसमेत रही आफ्नाे जिम्मेवारी पूरा गरेकी थिइन्। अभियान मासिक पत्रिकाकाे सम्पादक, नारी तृष्णाका सम्पादक साथै महान मासिक पत्रिकाकाे सह-सम्पादकसमेत थिइन। उनले समुदायका महिला, बालबालिका, यूथ तथा टिनएजरहरुलाई उत्साह दिने विभिन्न पत्र पत्रिकाहरुमा लेखहरुसमेत लेखेकी थिइन्।

      photo 2023 01 21 11 50 24

      नेपाली ख्रीष्टियनहरुकाे पहिचान र हकहितका लागि आवाज उठाँदै सरकारले नेपाली ख्रीष्टियनहरुलाई मृत्यदफन गर्ने ठाउँ उपलब्ध गराउन् भनी २०६७ सालमा काठमाडौंको रत्नपार्कमा उनकै नेतृत्वमा ख्रीष्टियन महासंघद्वारा आयाेजित ४० दिने अनसन (उपवास सहित) आयाेजना गरेकी थिईन । तत्कालिन सरकारले २०७८ बैशाष १८ गत्ते समस्त ख्रीष्टियनहरुका लागि मृत्यु दफनका लागि सरकारका तर्फबाट ख्रीष्टियन महासंघ सँग ६ बुँधे लिखित सहमतिसमेत गरेका थिए। २०६९ जेठ १३ गत्ते सरकारले पसन: लिखित प्रतिबद्धतासमेत गरेकाे थियाे। जुन प्रतिबद्धता पत्रमा स्वर्गीय डा: थापालेसमेत हस्ताक्षर गरेकी थिईन् । तर, सरकार आफैले जनाएकाे  सहमती पत्रकाे पालना नगरी दिँदा ख्रीष्टियन विधि बिपरित उहाँकाे पार्थिव शरिरलाई विध्धुत शबदाहमा गृहमै जलाउन बाध्य भएकाे छ।

      ५९ बर्षिय स्वर्गीय डा : थापाले दर्जनाैँ संघ संस्थाहरुमा आवद्धता जनाउँदै संसारमा रहेर गरेका अनगिन्ति सेवा, उद्धार र पुर्ण जिम्मेवारी ख्रीष्टले निर्देश गरेकै अनुरुप पूरा गर्दै बाईबल धर्म शास्त्र २ तिमाेथी ४ काे ७ र ८ अनुसार नै (मैले उत्तम लड़ाइँ लड़ेको छु । मैले दौड सिद्ध्याएको छु। मैले विश्‍वासलाई बचाइ राखेको छु । अब उप्रान्‍त मेरो निम्‍ति धार्मिकताको मुकुट राखिएको छ । जो धार्मिकताका न्‍यायाधीश प्रभुले त्‍यस दिन मलाई दिनु हुनेछ। र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्‍नेहरू सबैलाई दिनु हुनेछ ।)

      स्वर्गीग डा : सरिता थापाकाे जिवनीका लागि पाष्टर किरण कार्की र पत्रकार दिपेश श्रेष्ठकाे सहयाेगमा तयार गरिएकाे ।

      photo 2023 01 21 11 49 40
      पास्टर किरण कार्की र पत्रकार दिपेश श्रेष्ठ

        कमेन्टहरु