सिरहाको लहानमा सन्साईन ईन्स्टिच्युट संचालन


प्रदिप सिंह
लहान, माघ ७ । सिरहाको लहान नगरपालिका- ३ मा एउटा नयाँ क्षैशिक संस्थाको रूपमा कम्प्युटर इन्स्टिच्युटको संचलानमा ल्याएको छ । सन्साईन कम्प्युटर ईन्स्टिच्युटले नयाँ सेलेवस र एडभान्स कोर्ससहित विद्यार्थीहरुलाई अध्यापन गर्न सहज हुने उदेश्यका साथ यस क्षैक्षिक संस्थाको स्थापना गरिएको आयोजकले जनाएको छ ।
संस्थापक शिव नारायण महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सिरहा उद्योग बाणिज्य संघका कोषाअध्यक्ष राम उदगार महतो रहेका थिए भने बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता रहनु भएको थियो ।
प्रमुख अतिथि महतोले ईन्स्टिच्युटकाे उद्घाटन रिवन काटेर गरेका थिए भने कार्यक्रममा बोल्दै ईन्स्टिच्युटमा बृज कोर्स कक्षा र कम्प्युटर कक्षा संचालनमा रहेको संचालक शिव नारायण महत्तोले जानकारी दिए । यस संस्थाले गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि कम्प्युटर कोर्षमा २५% छुटको ब्यबस्थासमेत गरिएको संस्थापक महतोले बताए ।
कार्यक्रममा करिब तीन दर्जन बढीको उपस्थिति रहेको थियो ।





