राजनीति

    सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

    नवलपुर टुडे
    २०७९ माघ ७ | बिहान १०:१० बजे

      काठमाडौ, माघ ७ । सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् ।

      आज बिहान ११ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको पबैठक बोलाएको संघीय संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । 
       
      बैठक नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा बस्ने छ । बैठकमा आगामी प्रतिनिधि सभा बैठक सञ्चालन लगायतका विषयमा छलफल हुनेछ ।

      सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि यो पहिले सर्वदलीय बैठक बोलाएको हो । उनी यही माघ ५ गते सभामुखमा निर्वाचित भएका हुन् ।

        कमेन्टहरु