प्रतापपुर गाउँपालिकामा एक दिवसीय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न


खुरसेद हजाम
प्रतापपुर, माघ ७ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दिवसीय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिकाको सहयोग तथा कोलिया मिडिया एण्ड आइटी शोलुसन प्रा.लि.को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त सार्वजनिक सुनवाई कार्यक्रममा पालिकाले दिईरहेका सेवा सुबिधा अझै बढी पार्दर्शी सजिलो ढंगले सेवा प्रभाव हुन सकोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पलिका प्रमुख उमेशचन्द्र यादवले बताए ।

प्रतापपुर गाउँपालिकाको १ देखि ९ वडासम्म ८४ टोल तथा ५५ हजार जनसंख्या रहेको यस प्रतापपुर गाउँपालिकामा खानेपानी, शिक्षा, सडक, कृषि, मल, सिचाइँमा हरेक नागरिकसम्म पहुँच हुनुपर्ने विषय माथि सुनवाईमा जोड दिएको थियो।
“हामी सबैको सार्थक प्रयास प्रतापपुर गाउँपालिकाको समग्र विकास” को मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा लगभग ३०० सय जनाले सहभागिता जनाएका थिए । जसमा शिक्षा, खानेपानी, सडक, सिचाइँ, पुल पुलिया आवास पालिकाको योजना लागत नागरिकले पालिकाको सेवा सुविधा सहज ढंगले पाउने भने लगभग ४६ प्रश्न उठेका थियो । ति सबै प्रश्नको जवाफ पालिका अध्यक्ष उमेशचन्द्र यादव, उपाध्यक्ष मान कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे र सम्बन्धित वडा अध्यक्षले जवाफ दिएकाे थियो ।

आर्थिक वर्ष ०७८/०७९ अन्तर्गत भएका विकास निर्माण र नागरिक केन्द्रित कार्य समाधान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुखहरुले शाखा अन्तर्गत उठेको प्रश्नको जवाफ सुनवाई गरि सम्पन्न गरियो ।





