देश

    नेकपा एमालेका सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

    नवलपुर टुडे
    २०७९ माघ ७ | बिहान ०७:१० बजे

      काठमाडौँ, माघ ७ । गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

      गृहमन्त्री रवि लामिछानेले पटक–पटक मौखिक आदेश दिँदा पनि कोइरीलाई पक्राउ नगरिएको भन्दै त्यसप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

      गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक–पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानूनबमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ ।’

      photo 2023 01 21 07 56 28

        कमेन्टहरु