देश

    उपसभामुखको निर्वाचन आज, रानामगर र यादवबीच प्रतिस्पर्धा

    नवलपुर टुडे
    २०७९ माघ ७ | बिहान ०७:१० बजे

      काठमाडौं, माघ ७ । प्रतिनिधि सभाको उपसभामुखका लागि आज निर्वाचन हुँदै छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

      सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।

      यस्तै कांग्रेसकी यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । निर्वाचन अधिकृत तथा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख चयन हुनेछ ।

      प्रतिनिधिसभाको सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

        कमेन्टहरु