राजनीति

    उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवले गरिन् मनोनयन दर्ता

    नवलपुर टुडे
    २०७९ माघ ६ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ ६ । उपसभामुख पदमा नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएकी छिन् । शुक्रबार संघीय संसद सचिवालयमा पुगेर मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् ।

      उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाम अगाडि सारेको थियो ।

      धनुषाकी यादव समानुपातिक सांसद हुन् । उनले १४औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी थिइन् । यता, सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।

      संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आज (शुक्रबार) लाई तोकिएको थियो । उपसभामुखको निर्वाचन भने भोलि हुँदैछ ।

        कमेन्टहरु