कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

नवलपुर टुडे
२०७९ माघ ६ | मध्यान्ह ०३:१० बजे

सुर्खेत, माघ ६ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन् ।
उनलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् । नेकपा माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक-एक सांसदले शर्मालाई विश्वासकाे मत दिएका हुन् ।
माओवादी केन्द्रको संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि शर्माले माघ ३ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमालेका सभामुखसहित १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक-एक सांसद छन् ।





