देश

    कैलालीमा ट्रयाक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक गम्भीर घाइते

    नवलपुर टुडे
    २०७९ माघ ६ | मध्यान्ह ०२:१० बजे
    फाइल तस्बिर

      धनगढी, माघ ६ । कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

      शुक्रबार बिहान गोदावरी नगरपालिका-१२ को रातापानी सामुदायिक वनमा से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका अनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको हो । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् ।

      रानाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । गोदावरीमा ढुङ्गा लिन जाँदै गर्दा अनियन्त्रित भई ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु