माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज

नवलपुर टुडे
२०७९ माघ ६ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ ६ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई शुक्रबार डिस्चार्ज गरिएको हो ।
पुनको स्वास्थ्यमा केही सुधार देखिएपछि डिस्चार्ज प्रक्रिया अघि बढाइएको उपचारमा संलग्न प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए । वरिष्ठ पेट रोग विशेषज्ञ शर्माले भने, ‘उहाँलाई निगरानीमा राख्ने गरी डिस्चार्ज गरिएको हो । फलोअपका लागि भने आइराख्नुपर्ने हुन्छ ।’
उपचारमा संलग्न चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । पुनकोे कलेजो ८० प्रतिशतभन्दा बिग्रिसकेको र अबको उपचार प्रत्यारोपण नै भएको डा. शर्माले बताए । उन्का अनुसार पछिल्लो दुई महिनायता पुनको पेटमा पानी जम्ने समस्या देखिँदै आएको छ ।





