वर्षमान पुनलाई भेट्न अस्पताल पुगे राष्ट्रियसभा अध्यक्ष र स्वास्थ्यमन्त्री

नवलपुर टुडे
२०७९ माघ ६ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ ६ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री पदम गिरी अस्पताल पुगेका छन् ।
सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न शुक्रबार बिहान अध्यक्ष तिमिल्सिना र मन्त्री गिरी सँगै पुगेका हुन् । दुवैजनाले उपचारमा संलग्न चिकित्सक र पुनसँग स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । उनी लामो समयदेखि वंशाणुगत जण्डिसबाट ग्रसित छन् ।





