समाचार

    क्यान्सरपीडित सुमनलाई सोम्स कलेजको सहयोग

    नवलपुर टुडे
    २०७९ माघ ६ | मध्यान्ह १२:१० बजे

      काठमाडौ । विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स) कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ । कलेजका छात्र सुमन विगत तीन महिनादेखि आन्द्राको क्यान्सरबाट पीडित छन्।

      बीबीएस दोस्रो वर्षमा अध्ययनरत सुमनको पारिवारिक अवस्था कमजोर रहेकाले ऋणपान गर्दा पनि उपचारमा कठिनाइ हुँदै गएको पीडितकी आमा रिन्की देवीले बताइन् । सुमनकी आमा पनि पाठेघरको क्यान्सर पीडित भई लामोसमयसम्म उपचार गर्नुपरेको पनि रिन्कीदेवीले बताइन्।

      सोम्स कलेजका डाइरेक्टर भन्छन्, ‘सामाजिक कार्य तथा सानो भए पनि सहयोग हुन्छ भन्ने अभिप्रायले सोम्स कलेजमा अध्ययनरत छात्रछात्रा तथा कलेज प्रशासनसमेतबाट संकलन गरिएको ५० हजार रूपैयाँ पीडितको घरैमा गएर दिएका हौं।’

      विराटनगर ६ ब्रह्मपूरा बसोवास गर्ने सुमनको ५ जनाको परिवार छ। उनका बुबा ट्याक्टर चालकको रूपमा काम गर्छन्। न्यूनतम आम्दानीबाट दुःखले कमाएको रकमले बिहान बेलुका छाक टार्न समेत खवासको परिवारमा समस्या छ।

        कमेन्टहरु