समाचार

    मलेसियाबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज कोलकाता अवतरण

    नवलपुर टुडे
    २०७९ माघ ६ | बिहान ११:१० बजे
    फाइल तस्बिर

      काठमाडौ । मलेसियाको क्वालालाम्पुरबाट काठमाडौंका लागि उडान भरेको सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको आरए ४१६ विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन नसक्दा कोलकाता फर्काइएको छ। 

      त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएपछि मलेसियाबाट आएको विमानलाई कोलकाता डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरले जानकारी दिएका हुन् । उनले भने, ‘हाम्रोमा १६०० को भिजिबिलिटी थियो। उक्त जहाजले २२०० माग्यो र अवतरण गर्न नसकेर कोलकोता डाइभर्ट भयो।’

      खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो। 

        कमेन्टहरु