परदेशीको पीडा कहिले बुझ्छ नेपाल सरकार ?


रामजी प्रजापति
काठमाडौ । गरिब बर्गमा जन्म लिनु अभिशाप बनी सकेको छ, हाम्रो देश नेपालमा । जति कर्म गरे पनि दुख हाम्रो । फल नेताहरुको हुने रहेछ । हाम्रो देश नेपालमा एक गरिब घरको ब्यक्तिले अनेकौं घरमा काम गरी गरी आफ्नो छोराको भबिस्यको लागि एक छाक खाना टाँरेर सरकारी स्कुलमा पढाई गराएर राम्रो नतिजा छोराले निकाले ।
अब गरिबी टाढा हुन्छ भनेर छोरालाई इन्जिनियर पनि गराए । तर, कामको लागि बिना घुस कहिँ काम लागेन । बुवाआमालाई घर परिवार धान्न धौंधौं हुन थाल्यो । छोरा सबै डिग्री सर्टिपिकेट आगोमा जलाई बिदेशिन बाध्य भए । तर, नेपाली दलाल पैसा पाए आफ्नै छोरी बेच्दिने रहेछन भनेर उनलाई खाडी मुलुकमा पुगे पछि थाहा भयो ।
एजेन्टले राम्रो कामको झासा दिएर खाडी मुलुकमा पठायो । त्यहाँ उनले चिनेको कोही थिएन । भाषा पनि बुझ्न धेरै कठिनाई भैरहेको अवस्थामा ( न घरको न घाटको ) भए झै लाग्न थाल्यो । उनले केही समय पछि एक नेपाली भेटे । जुन उनको गाउँको थिए । अब केही आस हुन्छ भनी लाग्न थालेको थियो । तर, त्यो नेपालीको दुर्घटनामा मृत्यु भयो । त्यसको लास पनि नेपाल सरकारले घर परिवार समक्ष पुर्याउन नसकेपछि झन बिचल्लीमा पुगे ।
अब कोही साहारा छैन, भन्दै उनी लुकेर अर्को देशमा गए । तर, बिडम्बना यस्तो भयो की उनको आमाको मृत्यु भयो । घर जान खोज्दा कसरी जाने बिना पासपोर्ट । किन की उनको साथमा पासपोर्ट थिएन । उनले कम्पनी छोडेर ईलिगलमा रोजगारीको खोजीमा भौतारी रहेको थिए । उनी सामु रुनि, कराउने बाहेक केही उपाय थिएन । उनले रोएको कराएको पनि कसले सुन्छ र ? उनी एक्लै रोए कराए कोहीले सुनेन ।
केही दिनमा काम पाए फेरी आस पलायो । घरको लागि अब केही गर्छु भने । त्यसको बिदेशमै दुर्घटनामा परेर मृत्यु भयो । तर, नेपाल सरकार मौन भएर बस्यो । आखिर कहिलेसम्म आफ्नै देशको युवाहरुको रगत चुस्छौ सरकार ? किन घुस बिना रोजगारी दिएनौं ? के नेपालमा गरिबको लागि कुनै सरकार छैन ? आखिर हामी जस्तो युवाहरुलाई कहिलेसम्म बिदेशमा बेचेर आफ्नो भुँढी भर्छो ? त्यो ब्यक्तिको आत्माले हमेशा पिरोल्ने छ । ……





