हरपुरबाट अबैध चौयापा र दुई जना तस्कर नियन्त्रणमा


नवलपरासी, माघ ६ । पश्चिम नवलपरासी प्रहरीले अबैधरुपमा नेपाल ल्याईदै गरेको अबस्थामा चौपायासहित दुई जना तस्करलाई नियन्त्रणमा लिईएको छ । भारतसंग सीमानाका जोडिएको प्रतापपुर गाउँपालिका – ४ हरपुरबाट खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा भारतबाट नेपाल ल्याइदै गरेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्र.स.नि. रामसिंह क्षेत्रीको कमाण्डमा खटि गएको प्रहरी टोलीले चौपायासहित तस्करलाई नियन्त्रणमा लिईएको हो ।
शुक्रवार बिहान ०४:१५ बजे अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्याउदै ल्याउदै गरेको अबस्थामा हरपुरबाट नियन्त्रणमा लिईएको चौपाया ५ वटा भैंसी र ६ वटा पाडा रहेको छ । उक्त चौपायाको अन्दाजी मुल्य चार लाख बराबरको छ ।
बरामद पशुजन्य चौपाया र सो अबैध चौपाया ल्याउने जिल्ला महाराजगंज भारत ग्राम झुल्निपुर बस्ने सुन्दर पाल र जिल्ला महाराजगंज भारत ग्राम रामचन्द्रही बस्ने मकरुदिन अनसरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।
उक्त अबैध चौपाया को कसले ल्याएको हो भन्ने बिषयमा आबस्यक अनुसन्धानसमेत भैरहेको पाण्डेयले बताए ।





