बर्दघाटमा आगोलागीबाट एक लाखको क्षेती

नवलपुर टुडे
२०७९ माघ ४ | मध्यान्ह १०:१० बजे

परासी, माघ ४ । पश्चिम नवलपरासीको बर्दघाटमा आगोलागी एक लाख बराबरको क्षेती भएको छ । बर्दघाट नगरपालिका – ५ बण्डखोला बस्ने बधुसुदन भण्डारीको घर नजिकै रहेको परालको टौवामा आगोलागी भएको हो ।
बुधबार साझ ७:१५ बजे आगोलागी भएको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.नि. विरेन्द्र केसीको कमाण्डमा दश जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा ९ बजे आगो नियन्त्रणमा लिईसकेको छ । आगोलागीबाट कुनै पनि मानवीय र चौपाया क्षेती नभएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।
आगोलागीबाट काठ र पराल जलि एक लाख बराबरको क्षेती भएको छ । आगो के कारणले भएको हो, अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।





