लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

नवलपुर टुडे
२०७९ माघ ४ | मध्यान्ह ०५:१० बजे

काठमाडौं, माघ ४ । लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाँण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालयमा सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाँणलाई सभामुख घर्तीले शपथ गराएका हुन् ।
शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताए । उनले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।





