सिरहामा पत्रकारको नाममा आतंक, प्रहरीसंग रिचार्ज कार्ड मागेको रेकर्ड भाईरल


सिरहा, माघ ४ । सिरहाका एउटा पत्रिकाको सम्पादकले सशस्त्र प्रहरीको असईसँग रिचार्जकार्ड मागेका रेकर्ड बाहिरिएका छन । पत्रकार सुरेन्द्र दासले सशस्त्र प्रहरीका असईलाई फोन गरेर रिचार्ज हाल्न अनुरोध गरेको २ मिनेट दुई सेकेण्डको कल रेकर्ड बाहिरिएको हो ।
सिरहाको नवराजपुर गाउँपालिका – १ तमोसिया घर भएका सुरेन्द्र दास भन्ने सोभेन्दर आफू पृतांक राष्ट्रिय पत्रीकाको सम्पादक हु भनी सशस्त्र प्रहरीका असईसंग फोनमा रिचार्ज कार्ड पठाईदिनु भनेको सम्वाद यतिखेर सामाजिक संजालमा भाइरल भएको छ।
फेसबुकमा भाइरल भएको सम्वादको रेकर्ड अपलोड गरी नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज भनैताले सिरहा शाखामा सुरेन्द्र दास भन्ने ब्यक्ति महासंघको रेकर्डमा नरहेकोसमेत आफ्नो फेसबुक स्टाटसमा लेखेका छ्न । बनैताको भनाइ अनुसार
सुरेन्द्र दास नामको कुनै पत्रकार सिरहामा नरहेको ब्यक्तिगत रुपमा जानकारीसमेत प्रष्ट पारिएको छ ।
यस घटनाले पत्रकारिता पेशालाई नै धमिलो पार्ने निजको दुस्साहस क्षमा योग्य नरहेको ठहर छ । यसलाई तुरुन्तै कानुनी कार्यवाहीको दायरामा ल्याउन सरोकारवाला निकायसंगसमेत आग्रह गर्दछु, भनी बनैताले भनेका छन ।
पत्रकार सुरेन्द्र दास र सशस्त्र प्रहरीका असईसंग टेलिफोन सम्बादमा यस्तो बोलेका थिए ।
पत्रकार: हेल्लो !
सशस्त्र असई : को बोल्नु भयो हजुर ?
पत्रकार: म सुरेन्द्र दास बोलेको हजुर !
असई: कहाँ बाट ?
पत्रकार: म नवराजपुरबाट
असई : हजुर भन्नुस त ?
पत्रकार : ए चिन्नु भएन ?
असई: मैले तपाईलाई चिनेको त छैन मैले, नयाँ नम्बर हो ।को बोल्नु भयो भन्नु न, सुरेन्द्र दास भन्नू भयो, के छ भन्नुस त सर ?
पत्रकार : सुरेन्द्र दास पत्रकार कहाँ हुनुहुन्छ तपाई ?
असई: म अहिले इट्टाटारमा छु त हजुर !
पत्रकार : ए इट्टाटारमा हुनुहुन्छ ? सई साहवले केही भनेन ?
असई: सई साहवले ?
पत्रकार: हअ !
असई: केही भन्नु भाछैन । के छ र भन्नू न ?
पत्रकार: ए वहाँले भन अहिले फोन गर्छ तपाईलाई ?
असैइ: के छ भन्नुस त ?
पत्रकार: रिचार्ज हाली दिनु पर्यो !
असई: कोल्लाई तपाईलाई?
पत्रकार : हजुर !
असई: के सम्बन्धीमा?
पत्रकार: सई साहवले भन्छ ।
असई: तपाईलाई रिचार्ज हाल्दिन पर्यो मैले?
पत्रकार: सई साहवले भन्छ तपाईलाई?
असई: खोइ अहिले त मलाई केही भन्नू भाछैन ?
पत्रकार: सहनी छ नि सहनी ?
असई: के सहनी ?
पत्रकार: सहनी सई साहव छ नि, अहिले घुम्ती टोलीमा?
असई: नाम होला नि त?
पत्रकार: उताको खैर्बुनाको हो !
असई: हाम्रो सशस्त्रकै सई साहव हो ?
पत्रकार: हो हो हो ।
असई: के नाम भन्नुस त?
पत्रकार: सहनी सहनी
असई: सहनी त थर होला नि नाम भन्नू न पूरा नाम ?
पत्रकार: सहनी हो !
असई: तपाईं कुन पत्रीकाको पत्रकार हो?
पत्रकार: म सम्पादक पृतांक राष्ट्रिय दैनिकको
असई: कहाँ को?
पत्रकार: लहानको लहान ?
असई: ए तपाईलाई किन रिचार्ज हाली दिन पर्ने भन्नुस त
पत्रकार: होइन सई साहवले भन्नू भएको थियो ।
असई: सईसाहवले भन्नू भएको थियो?
पत्रकार: उम
असई: खोइ मलाई थाह भएन ?
पत्रकार: हुन्छ ललल





