माओवादी नेता पुनलाई भेट्न अस्पताल पुगे माधव नेपाल

नवलपुर टुडे
२०७९ माघ ४ | मध्यान्ह १२:१० बजे

काठमाडौँ, माघ ४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् ।
बुधबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न अध्यक्ष नेपाल पुगेका हुन् । नेपालसहित पर्यटनमन्त्री सुदन किराती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, अर्थमन्त्री विष्णु पौडेल लगायत मन्त्री पुनलाई भेट्न अस्पताल पुगेका हुन् ।
यस्तै बुधबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल पनि अस्पताल पुगेर पुनलाई भेटेका थिए ।





