पश्चिम नवलपरासी प्रहरीले चार लाख भन्दा बढीको अबैध सामान बरामद

नवलपुर टुडे
२०७९ माघ ३ | मध्यान्ह ०८:१० बजे

नवलपरासी, माघ ३ । पश्चिम नवलपरासीको बिभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरिएको छ । मंगलबार नवलपरासीको विभिन्न प्रहरी इकाईबाट भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरिएको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली ओसार-पसार भइरहेका चौपाया, लत्ताकपडा, मोबाईल, खाद्यन्न, सवारी साधन, बच्चाका खेलौना, ट्वाइलेटको कम्बोड सिट, चुरा, छालाको झोला र टि.भि. बरामद गरिएको छ ।
विभिन्न बरामद सामानको मुल्य ४ लाख ४ हजार ४ सय ४० रुपियाँ बराबरको रहेको जिल्लाको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।
उक्त सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुरमा बुझाएको पाण्डेयले बताए । पछिल्लो समय नवलपरासी प्रहरीको सक्रियताले दैनिक रुपमा अबैध सामान बरामद गरिरहेको छ ।





