सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

नवलपुर टुडे
२०७९ माघ ३ | मध्यान्ह ०३:१० बजे

काठमाडौं, माघ ३ । संसद सचिवालयले माघ ५ मा हुने सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
माघ ५ गते हुने निर्वाचनका लागि सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा सदस्यहरूले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् । मनोनयन संसद भवनको ल्होत्से हलमा हुनेछ । बुधबार नै उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ ।
बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल र निर्णयार्थ प्रस्तुत हुनेछ ।
पुस १० मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि एमाले र माओवादीबीच सभामुख एमालेले लिने सहमति भएको छ।





