देश

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् : यस्तो छ कार्यविभाजन, अझै दुई मन्त्रालय मन्त्रीबिहिन (सूचीसहित)

    नवलपुर टुडे
    २०७९ माघ ३ | मध्यान्ह ०२:१० बजे

      काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल´प्रचण्ड` नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो । 

      मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको मंगलबार नै पद तथा गोपनीयताको शपथ भइसकेको छ । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । 

      सत्ता साझेदार दलमा भएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् ।

      यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वकाे सरकारमा  अझै २ मन्त्रालय मन्त्रीविहीन बनेका छन् । ती मन्त्रालयको पनि सत्तागठबन्धनको दलहरुसंग छलफल गरि छिट्टै मन्त्री नियुक्त गर्ने तयारी भैरहेको छ ।

      photo 2023 01 17 14 55 16

      photo 2023 01 17 14 55 18

        कमेन्टहरु