समाचार

    विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ ल्याइयो

    नवलपुर टुडे
    २०७९ माघ ३ | मध्यान्ह ०१:१० बजे

      काठमाडौँ, माघ ३ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव काठमाडौँ ल्याइएको छ । पोखराबाट सेनाको एमआई–१७  हेलिकप्टरमार्फत शवहरु काठमाडौँ ल्याइएको हो ।

      शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । अस्पतालबाटै शव आफन्तलाई बुझाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ७० शवमध्ये २२ जनाको पहिचान भएकाले पोखरामै आफन्तलाई बुझाइएको छ । थप २३ शव पनि आजै काठमाडौं ल्याइने छ ।

      विमान दुर्घटनामा परेका दुईजनाको खोजी तथा उद्धारकार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

      photo 2023 01 17 13 29 57

        कमेन्टहरु