सिरहामा दुर्घटनामा परि एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ माघ ३ | बिहान ०८:१० बजे

सिरहा। सिरहाको धनगढीमाई नगरपालिका–५ गोठ टोलस्थित सडकमा प्र.२–०१–००३ प. ५२९७ नम्बरको मोटरसाइकल र डब्लुबि ६५ डि ७४३९ नम्बरको ट्रक एकापसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुखिपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





