देश

    माइतीघरमा पोखरा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली (तस्बिर सहित)

    नवलपुर टुडे
    २०७९ माघ २ | मध्यान्ह ०७:१० बजे

      काठमाडौ, माघ २ । हिजो आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूप्रति सोमबार साँझ काठमाडौं श्रद्धाञ्जली अर्पण गरिएको छ ।

      विभिन्न संघसंस्था तथा विद्यार्थी संगठनले काठमाडौंको माइतीघरमा मैनबत्ती बालेर मृतकहरूलाई श्रद्धाञ्जली दिएका छन् । काठमाडाैंबाट पाेखराका लागि उडेकाे यती एयरलाइन्सकाे एटीआर विमान दुर्घटनामा परेकाे थियाे ।

      विमानमा रहेका ७२ जनामध्ये ६९ जनाकाे मृत्यु भइसकेकाे पुष्टि भएकाे छ भने तीन जनाकाे खाेजी कार्य भइरहेकाे छ । श्रद्धाञ्जली सभामा उनीहरूले हवाई सुरक्षासम्बन्धी कानुन कडाइका साथ लागू गर्न मागसमेत गरेका छन् । उनीहरूले हवाई यात्रा सुरक्षित बनाउनसमेत माग गरेका छन् ।

      तस्बिर:

      Screenshot 20230116 193004 Facebook Screenshot 20230116 193044 Facebook Screenshot 20230116 193036 Facebook Screenshot 20230116 193018 Facebook Screenshot 20230116 193035 Facebook Screenshot 20230116 193026 Facebook Screenshot 20230116 193042 Facebook

       

        कमेन्टहरु