कपिलवस्तुमा बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ माघ २ | मध्यान्ह ०७:१० बजे

बुटवल । कपिलवस्तुमा बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा – ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको ।
उनको भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा मृत्यु भएको हो । मृतक नासिरले बिगत ४० वर्षदेखि बरफ बेच्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





