बर्दघाटबाट ट्रकसहित १३ लाख ५० हजार बराबरको अबैध बाख्रा नियन्त्रण

नवलपुर टुडे
२०७९ माघ २ | बिहान १०:१० बजे

परासी । पश्चिम नवलपरासीमा फेरि अवैध बाख्रा बरामद गरेको छ । आज (सोमबार) बिहान ०६:०० बजे बर्दघाट नगरपालिका – ४ टिसिएन चोकस्थित बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.स.नि. लक्ष्मण रास्कोटीको कमाण्डमा खटिगएको प्रहरी टोलीले पुर्व-पश्विम राजमार्गमा, पश्चिमबाट पुर्व तर्फ आउदै गरेको रा १ ख २९१६ नं. को ट्रक चेकजाँच गर्दा कुनै पनि कागजपत्र नभएकाले ट्रकसहित नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकमा ९० गोटा जिउँदो बाख्रा रहेको छ । (प्रति गोटा रु.१५,०००/- को दरले) अन्दाजी मूल्य रु. १३ लाख ५० हजार बराबर रहेको छ ।
नियन्त्रणमा लिईको ट्रक र बाख्रा बिहान १०:०० बजे आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिएको छ ।





