विमान दुर्घटनामा परि बेपत्ताको आज पनि खोजी तथा उद्धार गरिने

नवलपुर टुडे
२०७९ माघ २ | बिहान ०७:१० बजे

पोखरा, माघ २ । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आज पनि गरिने भएको छ ।
हिजो आइतबार अबेरसम्म खोज तथा उद्धारमा जुटेको नेपाली सेनाले अधेरोमा काम गर्न कठिनाई भएको भन्दै खोजी कार्य स्थगित गरेको थियो । सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाई भएको हो ।
आज केहिबेरमा उद्धार कार्य थालिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । बिमानमा सवार ७२ जनामध्ये तीन जना अझै बेपत्ता छन् । ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।





