देश

    पत्रकार महासंघले पत्रकार पौडेलको सम्झनामा १३ दिनसम्म शोक मनाउने

    नवलपुर टुडे
    २०७९ माघ २ | बिहान ०७:१० बजे

      काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ ।

      उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको  छ । 

        कमेन्टहरु