विमान दुर्घटना प्रति मदरसा बोर्ड उपाध्यक्षद्वारा दुख व्यक्त


कपिलवस्तु, माघ १ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
आज भएको विमान दुर्घटनामा परि मृतकहरुको परिवार प्रति हार्दिक सम्वेदना प्रकट गर्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले दुख व्यक्त गरेका छन् l
संघले मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई ईश्वरले धैर्य धारण गर्ने क्षमता प्रदान गरून भन्ने कामनाका साथ सम्पूर्ण देशवासीका लागि दुखद घटना रहेको बताएका छन् l
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको कुरा सम्मानीय प्रधानमन्त्री पुष्प कमल दहालको सरहानीय कदम रहेको समेत उपाध्यक्ष मशहूद खां ले बताए l
विमान दुर्घटनामा मृतक प्रति गहिरो सम्वेदना प्रकट गर्दै सरकारले भोली सोमवारका दिन शोक बिदा दिने निर्णय गरेको छ l जाबेद आलम खां, तोफेल खां, असरफ खान, शैख जैस मक्की लगायतले समेत विमान दुर्घटना दुखद रहेको बताएका छन् l





