देश

    नवलपरासीमा चोरीको मोटरसाइकसहित एक जना पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ १ | मध्यान्ह ०८:१० बजे

      परासी । परासीबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका – ६ पोखरापाल्ही बस्ने बर्ष २७ को रबि हरिजन रहेको छ ।

      उनलाई आइतबार साझ ०५:३० बजे रामग्राम – १० मंझरिया चोकस्थित पुर्वबाट पश्चिम तर्फ चलाउदै ल्याएको अबस्थामा चेक जाँच गर्ने क्रममा शंका लागि पक्राउ गरिएको हो । उनले चलाउदै आएको लु १४ प ४९०६ नम्बरको होण्डा साईन कालो रातो कलरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट पिकेट डिउटीमा खटिएका प्र.स.ह. सुनिल कोहारको टोलीले चेक जाँच गर्दा शंका लागी चालकसहित मोटरसाइकल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखेको थियो ।

      उक्त मोटरसाइकल २०७९/१०/०१ गते बिहान ०५:०० बजे रुपन्देही देवदह नगरपालिका – १ राजवारी बस्ने मोहन कुमार यादवको घरमा पार्किङ गरेको अवस्थामा चोरी भएको भन्ने प्रहरी चौकी खैरहनी रुपन्देहीमार्फत आइतबार (आज) बिहान ०६:३० बजे नवलपरासी प्रहरीलाई जानकारी प्राप्त भएको थियो । सोही अनुरुप जिल्ला प्रहरी कार्यालय नवलपरासीले मोटरसाइकलको खोजी कार्य तीब्र बनाईएको थियो ।

      मोटरसाईकल र मोटरसाइकल चोरी कार्यमा संलग्नलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

        कमेन्टहरु