सरावल पिपरमौवास्थित ट्याक्टर दुर्घटना ६ जना घाइते, चालक फरार


परासी । पश्चिम नवलपरासीको पिपरमौवामा आइतबार साझ ०५:२५ बजे भएको ट्याक्टर दुर्घटनामा परी आधा दर्जन मानिस घाईते भएका छन । घाइते मध्ये एक जना गम्भीर अबस्था रहेको छ । घाइतेहरुलाई उपचारको जिल्ला अस्पताल परासी पठाईएको छ ।
सरावल गाउँपालिका – ३ पिपरमौवास्थित पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ५ त ९९४ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडकको दाहिने साईडको कुलोमा पल्टिन जादा दुर्घटना भएको हो ।
दुर्घटना स्थलमा प्रहरी चौकी गोबरहियाबाट प्र.ना.नि. गोकर्ण चौहानको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली खटि गएको छ । ट्याक्टर चालक भने दुर्घटना पश्चात् फरार रहेको जनाईएको छ । उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।
ट्याक्टरमा सवार सरावल – १ बसही बस्न बर्ष २२ को सन्दिप चौधरीको शरीरको बिभिन्न भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पताल परासीले भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।
त्यसैगरी, सोही स्थानका बर्ष १७ की लक्ष्मी कुमारी चौधरी, बर्ष १८ की अञ्जली चौधरी, बर्ष १९ की बिध्या चौधरी, बर्ष १९ की दिपिका चौधरी र बर्ष २५ को कुल बहादुर थारु सामान्य घाइते भएको छ । उनीहरुको जिल्ला अस्पताल परासीमा उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायक उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।





