विनोद चौधरीले गरे माघी महोत्सवको उद्घाटन


नवलपरासी, १ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले माघी महोत्सवको उद्घाटन गर्नुभएको छ । उहाँले आइतबार मकर संक्रान्तिको अवसरमा नवलपरासीको चौपत्तामा आयोजित माघी महोत्सवको उद्घाटन गर्नुभएको हो ।
महोत्सवमा थारु समुदायको संस्कृति झल्कने सान्स्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न खानेकुराको स्टल राखिएको थियो । सांसद चौधरीले माघी थारु समुदायको मात्रै नभएर नेपाली संस्कृति झल्काउने विशेष पर्व भएको बताउनु भयो। उहाँले माघी महोत्सवलाई अन्तरास्ट्रिय तहमा फैलाउन आफूले पनि भुमिका खेल्ने बताउनुभयो ।
आजै उहाँ मगर समुदायले आयोजना गरेको माघी कार्यक्रममा सहभागी हुनुभयो । बर्दघाट नगरपालिका – १४ को धर्मवस्तीमा आयोजना भएको सास्कृतिक कार्यक्रममा सहभागी हुनुभयो । मगर समुदायले बिशेष महत्वका साथ माघी पर्व मनाउने गरेको छ । कार्यक्रममा चौधरी फाउण्डेशनका सचिव सारिका चौधरी पनि सहभागी हुनुहुन्थ्यो ।





