देश

    प्रधानमन्त्री दाहालले माघ ३ गते सर्वदलीय बैठक बोलाउने

    नवलपुर टुडे
    २०७९ पुस ३० | मध्यान्ह ०६:०९ बजे

      काठमाडौं, पुस ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाउने भएका छन्।

      माघ ३ गते बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाउन लागेका हुन् । शनिबार प्रधानमन्त्री प्रचण्डले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा माघ ३ गते बस्नेगरी सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिए । बैठकको आह्वान आइतबार गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

      आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ । शनिबार सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे कांग्रेसँग पनि छलफल हुने बताएका छन् । 

      ‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ,’ प्रधानमन्त्रीले भने । 

        कमेन्टहरु