माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन अस्पताल भर्ना

नवलपुर टुडे
२०७९ पुस ३० | मध्यान्ह ०६:०९ बजे

काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किएका पुन उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका छन्।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुगेका थिए । रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ।
जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौं ल्याइएको हो।





