लुम्बिनी प्रदेश

    निर्वाचनका बेला जनतासंग गरेका बाचाहरु पूरा गर्न कृयाशील छौं : विनोद चौधरी

    नवलपुर टुडे
    २०७९ पुस ३० | मध्यान्ह ०२:०९ बजे

      बर्दघाट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरीले चुनावका बेला जनताकाबीच गरिएका बाचाहरु कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन् ।

      नवलपरासी – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित काङ्ग्रेस नेता चौधरीले चुनाव सम्पन्न भएको एक महिनामै प्रतिवद्धता पूरा गर्न कामको सुरुवात भएको बताए ।

      शनिबार बर्दघाटमा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “विभिन्न प्रतिकुलताका बीच हामीले चुनाव जित्यौ । चुनावका बेला नेता/कार्यकर्ता र जनतासंग यो क्षेत्रको विकास नै मेरो लक्ष्य हो भनेको थिए । यो एक महिनामै प्रतिवद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ ।” उनले निर्वाचन क्षेत्रको विकासको लागि स्पष्ट दृष्टिकोणसहित कार्ययोजना निर्माणको कार्य अन्तिकचरणमा रहेको जानकारी दिए ।

      “विकास भनेको सोच हो । काम गर्न सरकारमै हुनुपर्छ भन्ने छैन । हामी अहिले स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र र विज्ञहरुसंग छलफल गरेर विकासको खाका बनाउदैछौ,” सांसद चौधरीले भने, “हामी कुनै आग्रह/पूर्वाग्रह नगरी यो क्षेत्रको विकासका लागि क्रियाशील हुन्छौं ।”

      कार्यक्रममा नवलपरासी – २ को क्षेत्रीय कार्यसमितिका साथै प्रदेश क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी थिए ।

        कमेन्टहरु