मधेश प्रदेश

    सशस्त्र प्रहरीको आर्थिक लोभका कारण पर्साबाट रोक्न सकेन भैसी तस्करी

    नवलपुर टुडे
    २०७९ पुस ३० | बिहान ०९:०९ बजे

      पर्सा ३० पौष । पर्साको सीमावर्ती क्षेत्रहरूबाट सशस्त्र प्रहरीको आर्थिक लोभका कारण भैसी तस्करी रोक्न सकेको छैन । पर्साको सीमावर्ती क्षेत्र प्रसौनिभठ्ठा, जानकिटोला, गोपीबस्ती र मालीबस्ती नाकाबाट ब्यापक रूपमा भैसी तस्करी भइरहेपनि सशस्त्र प्रहरीको आर्थिक लोभका कारण रोकिन नसकिएको कार्यशैलिले प्रष्ट पारेको हो ।

      सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेत आर्थिक प्रलोभनमा परी आफ्नै कर्मचारीलाई रातिको समयमा भैसी तस्करीको लाइन चलाउन निर्देशन दिने गरेको रहस्य उजागर भएको छ । रातिको समयमा तस्कर र सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतको कुरो मिले पश्चात आफ्नै कर्मचारीलाई तस्करीको भैसी भित्रयाउन निर्देशन दिने गरेको सशस्त्र प्रहरीकै कर्मचारी बताउछन ।

      पर्सा जिल्लाको सीमा नाकाका ठुला बडा तस्करहरूलाई सशस्त्र प्रहरीकै उच्च अधिकारीहरूले संरक्षण गर्दै आएको बारे यस घटनाले प्रमाणित गरेको छ । बिहीवार राति करीब ११ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका तत्कालीन प्रमुख डिएसपि सन्तोष बस्नेतको मोबाइलमा कुख्यात भैसी तस्करको फोन आइ सके पश्चात आफ्नै मातहात रहेका बोर्डर आउट पोस्ट भिखमपुर, बोर्डर आउट पोस्ट बिजयबस्ती,बोर्डर आउट पोस्ट सुर्वणपुर र बोर्डर आउट पोस्ट प्रसौनिभठ्ठालाई भैसी भित्रयाउन निर्देशन दिएको सशस्त्र प्रहरी श्रोत बताउछन । उनले पर्सा जिल्लालाई आफ्नो कमाइ खाने थल्लोको रूपमा परिणत गरेपनि संगठनका उच्च अधिकारीले कारवाही गर्न नसक्नुले सशस्त्र प्रहरी बल संगठनकै निति निर्देशन माथि औला उठन थालिएको बताए ।

      सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आइजिपि राजु अर्याललाई एक असल र इमान्दार आइजिपिको रूपमा मानिएपनि संगठनलाई बदनाम गर्ने उदेश्यले आफ्नो कमाई खाने थल्लो बनाउन सफल भएका डिएसपि सन्तोष बस्नेत माथि कार्बाही नगर्नुले निति निर्देशन माथि औला उठन थालिएको छ । संगठनलाई बदनाम गर्ने र आफ्नो फुलिलाई कमाई खाने थल्लो बनाउन सफल भएका डिएसपि माथि उच्च अधिकारीले कार्बाही गर्ने हुन कि होइन हेर्न बाकी नै रहेको छ ।

        कमेन्टहरु