तस्कर

    नवलपरासीमा ठूलो परिणामको अबैध चिनी बरामद(भिडियो सहित)

    नवलपुर टुडे
    २०७९ पुस ३० | बिहान ०८:०९ बजे

      नवलपरासी, पुस ३० । पश्चिम नवलपरासीमा शुक्रवार साझ ठूलो परिणामको चिनी बरामद गरिएको छ । रामग्राम – ८ लोसडास्थित पाल्ही कन्ट्रक्सन प्रालिमा खानतलासी गर्दा ठुलो परिणामको चिनी बरामद गरिएको हो ।

      पछिल्लो समय नवलपरासी प्रहरीले भारतबाट नेपाल ल्याईएको अबैध सामान दैनिक जसो धमाधम बरामद गरिरहेको छ । सो क्रममा शुक्रबार साझ तस्करहरुले भारतबाट अबैधरुपमा भन्सार छली नेपाल ल्याईएको चिनी लुकाई छिपाई राखेको अबस्थामा १६८३ बोरा (८४१.५ क्वीन्टल) चिनी बरामद रहेको छ । उक्त चिनिको मूल्य प्रति केजी रु.७५/- को दरले ६३,११,२५०/- (अक्षरुपी ६३ लाख, ११ हजार, २ सय ५० मुल्य) बराबरको रहेको छ ।

      राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अधिकृतको टोली, स.प्र.बल नेपाल नं. २६ गण हेक्वाटर परासीबाट प्र.नि. को टोली र जि.प्र.का. नवलपरासीबाट प्र.नि. हरि भट्टराईको कामण्डमा २५ जनाको संयुक्त टोलीले उक्त परिणामको चिनी बरामद गरिएको हो ।

      बरामद चिनी थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल तर्फ पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।

      (भिडियो)

        कमेन्टहरु