चौधरी फाउण्डेशनद्वारा सुस्तास्थित जनता दलित विद्यालयका छात्रा छात्रलाई न्यानो कपडा वितरण


नवलपरासी, २९ पुस । पश्चिम नवलपरासीको सुस्तास्थित श्री जनता दलित आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरिएको छ । चौधरी फाउण्डेशनको सहयोगमा बिद्यालयमा कक्षा १ मा अध्यनरत ९१ जना छात्र छात्रालाई ट्रयाकसुट तथा टोपी उपलब्ध गराईएको हो ।
उक्त न्यानो कपडा वितरण गर्दै प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ताको चौतर्फी विकासका लागी आगामी दिनमासमेत आफु जनप्रतिनिधीको हैसियतले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा समाजसेवी एवंम् चौधरी फाउण्डेशनकी सचिव सारीका चौधरीले फाउण्डेशनले आवश्यकता अनुसार विभिन्न सामाजिक कार्यमा संलग्न रहदै आएकोले आगामी दिनमासमेत समाजका लागि विभिन्न गतिविधी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा बिद्यालयका प्रधानअध्यापक उदय रुचाल, नेपाल महिला संघ नवलपरासीकी सभापति कमला पराजुली, सोही वडाका वडा सदस्य आदम हुसेन खां लगायतकाले आ – आफ्नो विचार राख्नुभएको थियो ।
२०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४०१ जना बिद्यार्थी अध्ययरत छन् ।






