२६ वटा प्रस्तावसहित प्रतापपुर गाउँपालिकाको गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न


नवलपरासी, पुस २९ । प्रतापपुर गाउँपालिकाले १३औं गाउँसभा तथा हिउँदे अधिवेशन बिहिवार सम्पन्न गरेको छ । प्रतापपुर गौँपालिकका अध्यक्ष उमेश चन्द्र यादवको सभा अध्यक्षयतामा र लुम्बिनी प्रदेशसभा सदस्य माननिय देवकरण प्रसाद कलवारको प्रमुखअतिथ्यता तथा जिल्ला समन्वयं समिती पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवको बिशेष अतिथ्यतामा बिहीबार त्रिभुवन माध्यमिक बिद्यालय बेलाटाँरीको सभाहलमा सम्पन्न गरेको हो ।
पालिकाको १३औं गाउँसभा तथा हिउँदे अधिवेशनमा २६ वटा प्रस्तावलाई प्राथमिकता राख्दै पालिकाले गाउँसभा तथा हिउँदे अधिबेशन गरेको हो ।
गाउँ सभा तथा हिउँदे अधिबेशनमा “हामी सबैको सार्थक प्रयास, प्रतापपुरको समग्र बिकास” भन्ने मुल नाराका साथ कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र तथा २६ वटा प्रस्तावलाई पालिका अध्यक्ष उमेशचन्द्र यादवले बिहीबार गाउँ सभा तथा हिउँदे अधिबेशनमा प्रस्ताव पेश गरेका हुन् ।
गाउँ सभा तथा हिउँदे अधिबेशनमा पेश गरेको प्रस्तावहरु निम्न छ्न ।
आय ब्याय र बार्षिक योजना, गाउँपालिकाको बिभिन्न कानुन सम्बन्धि, आ.ब ०७८÷०७९ को अनुगमन प्रतिबेदन, आ.ब ०७८÷०७९ को बार्षिक प्रगति प्रतिबेदन, लिलाम बिक्री सम्बन्धमा, कवाडी सामानहरु संकलन सम्बन्धमा, मेलमिलापकर्ता सुचिकृत गर्ने, भू उपयोग बर्गिकरण, टाँगीकोट पुल निर्माण, सुकुम्बासी दलित सुकुम्बासी र अब्यस्थित जग्गाको लगत संकलन, प्रतापपुर सुस्ता अन्तर स्थानिय तह समन्वय समिती, गाउँ सभा र कार्यपालिकाको बैठकका निर्णयहरु, जनशक्ति ब्यवस्थापन, गाउँपालिकाबाट गठन भएका समिती र त्यसका प्रतिबेदन, सडकको क्षेत्राधिकार र मापदण्ड, राजस्व बाडफाडँबाट प्राप्त अनुदान तथा सबै किसिमका अनुदान र राजस्व, सवारी साधन खरिद, करदातालाई कर मिन्हा, बिभिन्न शिर्षकमा रकम बिनियोजन र अनुमोदन, समपुरक अनुदान तथा संघिय बिशेष अनुदान, खानेपानी सरसफाई स्वच्छता सम्बन्धि योजना, बिभिन्न कोषहरु स्थापना, टोल बिकास संस्था गठन, निशुल्क शिक्षा सम्बन्धि ब्यवस्था, जमुनिया हाट बजारको राजस्व र सेवा सुबिधा छ्न ।
पालिका अध्यक्ष यादवले कृषि तथा बिद्युतिय सिचाँइको आयोजनाका लागी ४३ करोड, पालिकाको प्रशासनिक भवनको लागी साँढे ११ करोड, प्रतापपुरमा रहेका अति बिपन्न घरपरिवारका लागि सुरक्षित आवास, शुद्ध खानेपानी लगायतका बिषयमा पालिकाले मध्य नजर गरेर कार्यहरु अगाडी बढाएकोसमेत बताए । सो अधिबेशनलाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथी एवं लुम्बिनी प्रदेशसभाका सदस्य देवकरण प्रसाद कलवारले जनताको हकहितमा रहेर र चुनावी मैदानमा हुम्मीदा आफुले जनतासंग गरेको बाँचा अनुरुप कार्य गर्ने बताए ।
बिशेष अतिथी एवंम जिल्ला समन्वय समिती नवलपरासीका अध्यक्ष यादवले पालिकाले गर्ने सेवा तथा न्युनतम कार्य पुरा गर्नुपर्ने मापदण्डमा सक्षम बनाउनका लागी पालिकाका सम्पुर्ण जनप्रतिनिधी एवं कर्मचारीहरुको भूमिका महत्त्वपूर्ण रहेकोले बिकासका लागि सबै एक जुट भएर अगाडि बढ्नु पर्ने बताए ।





