दुर्घटना रोक्न साइकलमा टल्किने स्टिकर

नवलपुर टुडे
२०७९ पुस २९ | बिहान ०६:०९ बजे

कपिलवस्तु, पुस २९ । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।
साइकल जस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर टि ओ सड्कमा गुड्ने साइकल उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो ।
अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट कृष्णनगर प्रहरी नायब निरीक्षक चुरामणी पोखरेल नेतृत्वको टोलीले बिहिवार ६० साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस गरेको थियो ।
रात्रिमा साइकल यात्रा गर्ने हुँदा दुर्घटना बढेको ठहर गर्दै यस किसिमको अवधारणा ल्याएको तथा अर्को हप्ता पुन साइकिलमा स्टिकर टांँस गरिने जानकारी अस्थायी ट्राफिक पोष्ट कृष्णनगर प्रमुख प्रहरी नायब निरिक्षक हरि जिसिले जानकारी दिए l





